भारत–अस्ट्रेलिया टेस्ट : पहिलो दिन दुवै टिमको फितलो प्रदर्शन

हिमाल प्रेस ७ मंसिर २०८१ १६:३३ | Friday, November 22, 2024
भारत–अस्ट्रेलिया टेस्ट : पहिलो दिन दुवै टिमको फितलो प्रदर्शन

काठमाडौँ- अस्ट्रेलियाको पर्थमा शुक्रबारदेखि सुरू भएको बोर्डर–गावस्कर ट्रफीअन्तर्गतको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली पनि पहिलो इनिङमा राम्रो प्रदर्शन गर्न सकेन।

पहिलो इनिङमा ५० रन जोड्न अस्ट्रेलियाका ६ ब्याटर आउट भए। भारतका लागि पहिलो म्याचमा कप्तानी गरिरहेका जसप्रीत बुमराहले चार विकेट लिए। त्यस्तै मोहम्मद सिराजले एक र टेस्ट क्रिकेटमा डेब्यू गरेका हर्षित रानाले एक विकेट लिएका छन्।

नटआउट रहेका एलेक्स केरीबाहेक अस्ट्रेलियाका कुनै पनि ब्याटर १५ रनको स्कोरसम्म पुग्न सकेका छैनन्। एलेक्स १९ रन बनाएर नटआउट छन्।

उस्मान ख्वाजा ८, नाथन मैकस्वीनी १०, मार्नस लेबुङसन २, स्टीव स्मिथ शून्य, ट्राभिस हेड ११, मिचेल मार्स ६ र पैट कमिन्स ३ रन बनाएर आउट भए। पहिलो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ७ विकेटको क्षतिमा ६७ रन जोडेको छ। अस्ट्रेलिया ८३ रनको अन्तरले भारतलाई पछ्याइ रहेको छ।

यो म्याचमा भारतीय टिमले पनि पहिलो इनिङमा राम्रो प्रदर्शन गर्न सकेन। कप्तान बुमराहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि भारतीय टिम १५० रनको स्कोरमा अलआउट भयो।

भारतका ६ जना ब्याटर दोहरो आँकडासम्म पुग्न सकेनन्। डेब्यू गरेका नितिश रेड्डीले सर्वाधिक ४१ रन बनाए। यशस्वी जयसवाल शून्य, केएल राहुल २६, देवदत्त पाडिकल शून्य, विराट कोहली ५, रिसभ पन्त ३७, ध्रुव जुरेल ११, वासिङ्टन सुन्दर ४, हर्षित राना ७ र बुमराह ८ र सिराजले शून्य रनमा नटआउट रहे।

अस्ट्रेलियाका लागि जौस हेजलवुडले सबैभन्दा बढी चार विकेट लिँदा मिचेल स्टार्क, मिचेल मार्स र पैट कमिन्सले २–२ विकेट लिए।

प्रकाशित: ७ मंसिर २०८१ १६:३३ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast