भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीय युवाको निधन

हिमाल प्रेस १ मंसिर २०८१ ११:४६ | Saturday, November 16, 2024
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीय युवाको निधन

काठमाडौँ- भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका ५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौँमा मृत्यु भएको हो।

ट्याक्टरमा सवार भक्तपुर नगरपालिका २ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन्। उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ। सामान्य घाइते भएका अन्य ४ जना डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: १ मंसिर २०८१ ११:४६ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast