ब्रुनो फर्नान्डेजको कीर्तिमानी खेलमा युनाइटेडको जित

हिमाल प्रेस २६ कार्तिक २०८१ ७:१४ | Monday, November 11, 2024
ब्रुनो फर्नान्डेजको कीर्तिमानी खेलमा युनाइटेडको जित

काठमाडौँ- कप्तान ब्रुनो फर्नान्डेजको कीर्तिमान खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरमाथि जित निकालेको छ। आइतबार क्लबका लागि आफ्नो २५०औं खेल पूरा हुँदा उनले गोल समेत गरेका थिए।

ओल्ड ट्राफोर्डमा इंग्लिस प्रिमियर लिगको खेल सुरु हुनुअघि फ्रेम गरिएको सर्ट पाएका उनले १७ औं मिनेटमा अमाड डायलोको ब्याक हिलमा गोल गरेका थिए। उनले प्रहार गरेको लो सट लेस्टरका गोलकिपर म्याड्स हर्मनसेनले बचाउन सकेनन्।

युनाइटेले घरेलु मैदानमा लेस्टरलाई ३-० ले हराएको छ। युनाइटेडको जितमा बुर्नो फर्नान्डिज र एलेक्जेन्डर गोर्नाचोले गोल गरे। १ गोल भने लेस्टरले उपहार स्वरूप दिएको थियो।

खेलको १७औं मिनेटमा फर्नान्डिजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३८औं मिनेटमा लेस्टरका भिक्टर क्रिस्टिसेनले आत्मघाती गोल गर्दै युनाइटेडको अग्रता दोब्बर भयो । ८२औं मिनेटमा गोर्नाचोले गोल गर्दै युनाइटेडको जित निश्चित गरे।

जितसँगै युनाइटेडको ११ खेलबाट १५ अंक भएको छ । समान खेल खेलेको पराजित लेस्टर १० अंकमा छ । सन् २०२० मा स्पोर्टिङ लिस्बनबाट युनाइटेडमा आबद्ध भएयता फर्नान्डिजले सबै प्रतियोगितामा ८३ गोल गरिसकेका छन्।

उनले ३८ औं मिनेटमा अर्को गोलको अवसर प्राप्त गरेका थिए। तर, लेस्टरका भिक्टर क्रिस्टियनसनलाई डिफ्लेक्ट हुँदै बलले जाली चुम्न पुग्यो।

प्रकाशित: २६ कार्तिक २०८१ ७:१४ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast