बुद्ध एयरको जहाजले एक मात्रै यात्री लिएर उडेपछि…

हिमाल प्रेस ६ मंसिर २०८१ १५:५३ | Thursday, November 21, 2024
बुद्ध एयरको जहाजले एक मात्रै यात्री लिएर उडेपछि… बुद्ध एयरमा एक्ला यात्री देव जैसी। तस्बिर स्राेत : बुद्भ एयर

काठमाडौँ- बुद्ध एयरले एक्लो यात्री बोकेर भरतपुरबाट काठमाडौँ आएको छ। बुद्ध एयरले बिहीबार एक्लो यात्री बोकेर भरतपुरबाट काठमाडौँ आएको हो।
त्यो उडानका यात्री थिए चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सक देव जैसी।

बुद्ध एयरले जनाएअनुसार जैसीको १४ नोभेम्बरमा भरतपुरबाट काठमाडौँका लागि अन्तिम उडानको टिकट थियो। अन्तिम उडानका अरू यात्रुहरूलाई अघिल्लो उडानमा पठाइएको थियो। सिट भरिसकेपछि जैसी एक्लैलाई अन्तिम उडानमा काठमाडौँ पठाइएको बुद्ध एयरले जनाएको छ।

एक्लो यात्रीका रूपमा स्मरणीय यात्रा भएको जैसीले बताएका छन्।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले आफूहरू व्यवसायिक उडानप्रति प्रतिबद्ध भएकाले यात्रुको संख्याले फरक नपार्ने बताए। यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनतर्फ बुद्ध एयर प्रतिबद्ध रहेको कर्णको भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८१ १५:५३ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast