‘बी’ डिभिजन लिग खेल्ने १० क्लबको संयुक्त चेतावनी : बक्यौता नपाएसम्म लिग खेल्दैनौँ

हिमाल प्रेस ११ मंसिर २०८१ ८:३२ | Tuesday, November 26, 2024
‘बी’ डिभिजन लिग खेल्ने १० क्लबको संयुक्त चेतावनी : बक्यौता नपाएसम्म लिग खेल्दैनौँ

काठमाडौँ- आउँदो माघ १३ देखि हुने भनिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फेरि अन्योलमा परेको छ। पुरानो बक्यौता रकम नपाएसम्म लिग नखेल्ने अडान १० क्लबले लिएपछि लिग अन्योलमा परेको हो।

सोमबार अन्नपूर्ण क्लब आरसिटी, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती युथ क्लब, विरगंज युनाइटेड क्लब, टुसाल युथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब र झापा फुटबल क्लबले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले बक्यौता रकम नदिएसम्म बी डिभिजन लिग नखेल्ने बताएका हुन्।

गत मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभिजन लिगको नयाँ मिति तोकेको थियो। एन्फा पदाधिकारी र ‘बी’ डिभिजन क्लबका केही प्रतिनिधिबीचको बैठकले आगामी माघ १३ गते देखि लिग सञ्चालन हुने निर्णय गरेको थियो। जसअनुसार एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने र पुस १३ गते खेल तालिका प्रकाशन गरिने निर्णय गरेको थियो ।

नयाँ मिति सार्वजनिक भएको ६ दिनपछि १० क्लबले असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको हो।

प्रकाशित: ११ मंसिर २०८१ ८:३२ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast