बीआरआई नेपाल र नेपालीको हितमा छैन : सोनल

हिमाल प्रेस १२ मंसिर २०८१ १८:०८ | Wednesday, November 27, 2024
बीआरआई नेपाल र नेपालीको हितमा छैन : सोनल लाेसपा नेता जितेन्द्र साेनल

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री जितेन्द्र सोनलले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा नरहेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनले बीआरआईबाट नेपाल र नेपाली सशंकित हुनुपर्ने बताए।

हरेक नेपाली नागरिकको टाउकोमा ८६ हजार ऋण रहेको स्मरण गराउँदै सोनलले बीआरआई सम्झौता गरेर फेरि अर्को ऋण थुपार्ने काम गर्न नहुने उल्लेख गरे।

‘बीआरआई नेपाल र नेपाली जनताको हितमा छैन, यो लिनु हुँदैन भन्ने हाम्रो प्रस्ट भनाइ हो,’ सोनलले भने,‘अनुदान पनि हामीले धेरै विचार र गम्भीरतापूर्वक छलफल गरेर लिनुपर्छ। अनुदान दिनुपछाडिको नियत थाहा पाउनु पर्छ।’

नेता सोनालले बीआरआई नेपालको आवयश्कताभन्दा चीनको रणनीतिक योजना रहेको दाबी गरे। नेपालमा सञ्चालनमा रहेको चिनियाँ परियोजनाहरू बीआरआईअन्तर्गतका हुन् भनेर भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

यहाँका सञ्चालित सबै परियोजनाहरू बीआरआईअन्तर्गतका हुन भने यो खतरनाक विषय भएको सोनलले उल्लेख गरे।

‘पोखरा विमानस्थल पनि बीआरआईकै परियोजना रहेको चिनियाँ पक्षबाट बेलाबखत कुरा आउँछ। यो खतरनाक कुरा हो, यस्ता कुराबाट बच्नुपर्छ,’ उनले भने,‘बीआरआईबारेमा श्रीलंकामा जसरी उसको गतिविधि हेरियो, त्यसबाट नेपाल सशंकित छ, हामी सशंकित छौँ।’

कुनै पनि देश वा दातृ निकायसँग काम गर्ने क्रममा देशहित, राष्ट्रति र जनहितलाई सर्वोपरी स्थानमा राखेर सोच्नुपर्ने उनले बताए।

सोनलले नेपालका नेताहरू कहिलेकाहीँ सम्झौता गर्दा देश र जनताको हित सोच्नबारे चुकेको आरोप लगाए।

प्रकाशित: १२ मंसिर २०८१ १८:०८ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast