बालेन शाहमाथि एमाले महासचिवको आक्रोश : यिनी एमालेविरुद्ध परिचालित छन्

हिमाल प्रेस ८ मंसिर २०८१ ६:४४ | Saturday, November 23, 2024
बालेन शाहमाथि एमाले महासचिवको आक्रोश : यिनी एमालेविरुद्ध परिचालित छन्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई परिचालित शक्ति भनेका छन्।

शुक्रबार दिउँसो एमालेले काठमाडौँको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको थियो।

महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले शुक्रबार साँझ एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको’ पत्र एमाले केन्द्रीय कार्यालयमा पठाएका थिए।

एमालेलाई जरिवानाको पत्र काटेपछि आक्रोसित भएका पोखरेलले सामाजिक सञ्जालमा ‘मेयर वालेन नेकपाविरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिने’ दाबी गरेका हुन्।

पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाट भइरहेको र त्यो फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको बताएका छन्।

प्रकाशित: ८ मंसिर २०८१ ६:४४ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast