बक्यौता बुझाउन बाँकी उद्योगमा बिजुली नकाट्‌ने प्राधिकरणको निर्णय

हिमाल प्रेस १२ मंसिर २०८१ १४:४८ | Wednesday, November 27, 2024
बक्यौता बुझाउन बाँकी उद्योगमा बिजुली नकाट्‌ने प्राधिकरणको निर्णय

काठमाडौँ-  नेपाल विद्युत्‌ प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ।

बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो। विद्युत् नियमन आयोगले उद्योगहरूको बिजुलीको लाइन नकाटेर बक्यौता असुली गर्न निर्देशन दिएकाले बोर्ड बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको  बताइएको छ ।

बोर्डको निर्णयप्रति सञ्चालक सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका छन्। यसअघि विद्युत्‌ नियमन आयोगले बक्यौता बुझाउन बाँकी उद्योगमा बिजुलीको लाइन नकाट्न निर्देशन दिएको थियो।

प्रकाशित: १२ मंसिर २०८१ १४:४८ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast