फोहोरमैला व्यवस्थापनका लागि खुला प्रतिस्पर्धा गर्न खुल्यो बालेनको बाटो

हिमाल प्रेस २९ कार्तिक २०८१ २०:०० | Thursday, November 14, 2024
फोहोरमैला व्यवस्थापनका लागि खुला प्रतिस्पर्धा गर्न खुल्यो बालेनको बाटो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फोहोर संकलन र ढुवानीका लागि क्षेत्रगत रूपमा आह्वान गरेको बोलपत्र प्रक्रिया नरोकिने भएको छ। उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नगरेपछि महानगरले आह्वान गरेको बोलपत्र प्रक्रिया नरोकिने भएको हो।

महानगरपालिकाले ६ वटा क्षेत्र (क्लस्टर) मा बाँडेर योग्यता पुगेका निजी कम्पनी तथा फर्महरूलाई फोहोर व्यवस्थापनका लागि प्रस्ताव पेश गर्न महानगरले असोज २४ गते सूचना प्रकाशन गरेको थियो।

यो सूचनाका विरूद्ध नेपवेष्ट प्रालिले उच्च अदालत पाटनमा बोलपत्र प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश माग गर्दै रिट पेश गरेको थियो। उत्प्रेषण मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराई र टीकाराम आचार्यको संयुक्त इजलासले रिटमा माग भए बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

‘फोहोरमैलाको संकलन एवं व्यवस्थापनको संवेदनशीलतामा समेतका आधारमा तत्कालका लागि काठमाडौँ महानगरपालिकाको उल्लेखित बोलपत्रको प्रक्रियामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ।

यो विषय रिट निवेदनको अन्तिम किनारा हुँदा निरूपण हुने भएकाले फोहोरमैला संकलन तथा व्यवस्थापनको संवेदनशीलताका आधारमा प्रक्रियामा रोक लगाउनुपर्ने अवस्था नदेखिएको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले बताए।

यो आदेशबाट स्थानीय तहलाई आफ्ना अधिकारहरूको प्रयोग गर्न थप सफलता मिलेको उनको भनाइ छ।

प्रकाशित: २९ कार्तिक २०८१ २०:०० | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast