फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?

हिमाल प्रेस १३ मंसिर २०८१ ११:४४ | Thursday, November 28, 2024
फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ घटेको हो।

प्रकाशित: १३ मंसिर २०८१ ११:४४ | Thursday, November 28, 2024

प्रतिक्रिया

2 thoughts on “फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?

  1. अझै धेरै घट्नुपर्छ बल्ल सर्बसाधारण जनताले किन्न लगाउनसक्छ। कम्तिमा 1L वरिपरि रहनुपर्छ।

  2. अझै धेरै घट्नुपर्छ बल्ल सर्बसाधारण जनताले किन्न लगाउनसक्छ। कम्तिमा 1L वरिपरि रहनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast