फेरि घट्यो सुनको मूल्य

हिमाल प्रेस २ मंसिर २०८१ ११:२८ | Sunday, November 17, 2024
फेरि घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २ मंसिर २०८१ ११:२८ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast