प्राविधिक शिक्षालयलाई ६६ लाख

हिमाल प्रेस ३० कार्तिक २०८१ ७:१७ | Friday, November 15, 2024
प्राविधिक शिक्षालयलाई ६६ लाख

म्याग्दी- मालिका गाउँपालिका-७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयका लागि सञ्चालित अभियानमार्फत एक महिनामा ६६ लाखभन्दा बढी सहयोग जुटेको छ।

बिमको किसानी माध्यमिक विद्यालयअन्तर्गतको बाली तथा पशु विज्ञान विषयको पठनपाठन हुने प्राविधिक शिक्षालय सञ्चालनमा अध्ययनका लागि देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि स्थापित ‘किसानी सञ्जीवनी अक्षयकोष’ मा उक्त सहयोग जुटेको हो।

गत असोज अन्तिम हप्तादेखि सुरु गरिएको अक्षयकोषमा सहयोग अभियानमार्फत हालसम्म ६६ लाख ५१ हजार संकलन भएको विद्यालयका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताए।

तिहार पर्वका अवसरमा मालिका गाउँपालिका-७ को विभिन्न टोलमा खेलिएको देउसीभैलो सहित नेपालमा ३३ लाख ९२ हजार संकलन भएको थियो। अन्य रकम स्वदेश तथा विदेशमा रहेका बिमवासीले जुटाएका छन्।

२०६८ मा सुरु भएको प्राविधिक शिक्षालयमा हाल तीनवर्षे पशु, बाली विज्ञान र १८ महिने जेटिए कक्षा सञ्चालन भइरहेको छ। शिक्षालयमा हाल म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका एक सय ५० जना विद्यार्थी छन्।

प्राविधिक शिक्षा पढ्न इच्छुक रहेको तर आर्थिक कारणले पढाइबाट वञ्चित हुनुपरेको विद्यार्थीलाई सहयोग गर्ने मुख्य लक्ष्य राखेर अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य टुकमान जुग्जालीले बताए।

कोषमा स्वेच्छिक रूपमा आर्थिक सहयोग प्रदान गर्न देश विदेशमा रहेका बिमवासी, विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा सम्पूर्ण समाजसेवी मनकारी महानुभावलाई विद्यालयले आग्रह गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८१ ७:१७ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast