प्रशिक्षक गम्भीरले गरे रोहित र विराटको बचाउ

हिमाल प्रेस २६ कार्तिक २०८१ १५:३१ | Monday, November 11, 2024
प्रशिक्षक गम्भीरले गरे रोहित र विराटको बचाउ

काठमाडौँ- भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरले कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीको बचाउ गरेका छन्। खराब फर्मका कारण प्रशंसकहरूबाट आलोचना भइरहेका बेला गम्भीरले दुवै जनाको बचाउ गरेका हुन्।

रोहित र विराट दुवै जना अस्ट्रेलियाविरूद्धको श्रृंखलामा फर्म हासिल गर्न सक्षम रहेको गम्भीरले उल्लेख गरेका छन्। न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट श्रृंखलामा ३–० ले हार बेहोर्नु परेपछि रोहित र विराटको आलोचना भएको छ।

न्युजिल्यान्डसँग भएको तीन टेस्ट म्याचको श्रृंखलामा रोहित र विराटले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। रोहितले तीन खेलमा ९१ र विरोटले ९३ रन बनाएका थिए।

पाँच खेलको टेस्ट श्रृंखलाका लागि भारत अस्ट्रेलिया प्रस्थान गर्नुअघि प्रशिक्षक गौतमले विराट र रोहितका लागि कुनै चिन्ता नभएको उल्लेख गरे।

‘उनीहरू प्रतिभाशाली खेलाडी हुन्,’ गम्भीरले भने,‘भारतीय क्रिकेटका लागि दुवै जनाको ठूलो योगदान छ। भारतीय क्रिकेटका लागि उनीहरूले धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन्।’

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पन्टिङले यी दुई ब्याटरहरूको फर्ममाथि प्रश्न उठाएपछि भारतीय प्रशिक्षक गम्भीरले यस्तो जवाफ दिएका हुन्। उनले भने,‘भारतीय क्रिकेटसँग पन्टिङको के सरोकार?’

न्युजिल्यान्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गौतमको भनाइ छ।

२२ नोभेम्बरदेखि पर्थमा सुरू हुने श्रृंखलाको पहिलो बलदेखि नै आक्रमण गर्न आफ्ना खेलाडी तयार रहेको उनले बताए।

प्रकाशित: २६ कार्तिक २०८१ १५:३१ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast