प्रधानमन्त्री ओलीले जाने तयारी गरिरहेकै बेला किन चीन लागे पूर्वप्रधानमन्त्री खनाल?

हिमाल प्रेस १५ मंसिर २०८१ १२:०४ | Saturday, November 30, 2024
प्रधानमन्त्री ओलीले जाने तयारी गरिरहेकै बेला किन चीन लागे पूर्वप्रधानमन्त्री खनाल?

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज चीन प्रस्थान गरेका छन्। नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन्।

मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरिय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए।

आउँदो मंसिर १७ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन जाँदैछन्। प्रधानमन्त्री भएसँगै पहिलो कूटनीतिक भेटघाटका रूपमा ओली चीन जान लागेका हुन्।

प्रकाशित: १५ मंसिर २०८१ १२:०४ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast