प्रधानमन्त्री ओलीले खर्बपति मस्कसँग गरे कुराकानी

हिमाल प्रेस ७ मंसिर २०८१ २२:५९ | Friday, November 22, 2024
प्रधानमन्त्री ओलीले खर्बपति मस्कसँग गरे कुराकानी प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बालुवाटारबाट अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग भर्चुअल संवाद गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री ओली र स्पेस एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन्।

मस्क इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकका पनि मालिक हुन्। स्टारलिंकको विश्वका ६० भन्दा धेरै देशमा गरी २७ लाख प्रयोगकर्ता रहेको बताइएको छ। स्टारलिंक छिमेकी मुलुक भारतमा भूउपग्रहमा आधारित इन्टरनेट सेवा प्रदानका लागि भित्रिसकेको छ।

नेपालमा पनि यसले बजार विस्तारका लागि चासो देखाइरहेको छ। विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण अघि बढ्न सकिरहेको छैन। मस्क र ओलीबीच सोही विषयमा कुराकानी भएको बताइएको छ। यद्यपि उनीहरूबीच के कुराकानी भयो भन्ने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रकाशित: ७ मंसिर २०८१ २२:५९ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast