प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ, अस्पताल भर्ना

हिमाल प्रेस ८ मंसिर २०८१ १३:३१ | Saturday, November 23, 2024
प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ, अस्पताल भर्ना बुवालाई अस्पतालमा भेट्न पुगेका प्रधानमन्त्री ओली। तस्बिर : ओलीको फेसबुक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्री ओली स्वयंले जानकारी दिएका हुन्। आज बुवा भेट्न प्रधानमन्त्री ओली अस्पताल पुगेका छन्।

बुवालाई भेटेको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ।’

प्रकाशित: ८ मंसिर २०८१ १३:३१ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast