प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल

हिमाल प्रेस १० मंसिर २०८१ १५:४० | Monday, November 25, 2024
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटीभ) परियोजना अघि बढाउने समझदारी हुनुपर्ने बताएका छन्। आज सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीलीलाई बोलाएका थिए। उक्त छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा नेपालले बीआरआई परियोजना अघि बढाउन डराउन नहुने बताएका हुन्।

‘बीआरआई स्वभाविक रूपमा नेपालले स्वीकार गर्दै आएको हो। स्वीकार नगर्ने त प्रश्नै छैन नि। किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन। दक्षिणका देशहरू साउथ कोअपरेशनभित्र यो पर्दछ,’ उनले भने, ‘यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ। लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौँ। लाभ लिने गरेका छौँ। झन् बीआरआईसँग हामी आवद्ध उहिले नै भइसकेका छौँ। त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यकता छ। बीआरआईसँग हामी डराएका छैनौँ।’

प्रकाशित: १० मंसिर २०८१ १५:४० | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast