प्रधानमन्त्रीको चीन भ्रमण : ८७ सदस्यीय जम्बो टोली

हिमाल प्रेस १३ मंसिर २०८१ २१:१९ | Thursday, November 28, 2024
प्रधानमन्त्रीको चीन भ्रमण : ८७ सदस्यीय जम्बो टोली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन्।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ८७ सदस्यीय टोलीको चीन भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओली यही १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। उनको भ्रमणसम्बन्धी आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार चीन पुगेकी छन्।

प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको जानकारी दिएका छन्।

उनका अनुसार भ्रमण टोलीमा धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको छ। मन्त्री पाण्डेले भ्रमण टोलीमा निजी क्षेत्र, परराष्ट्रमन्त्री र सांसदहरू रहने जानकारी दिए।

उनले भ्रमणको एजेन्डाबारे छलफल भइरहेको र मन्त्रिपरिषदको अर्को बैठकले निर्णय गर्ने बताए।

टोलीमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधि सहभागी हुने बताइएको छ।

प्रकाशित: १३ मंसिर २०८१ २१:१९ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast