प्रचण्ड सत्ताको छटपटीमा छन्, सरकारले एसपीपीको चर्चा चलाएकै छैन : ओली

हिमाल प्रेस २७ कार्तिक २०८१ ९:०६ | Tuesday, November 12, 2024
प्रचण्ड सत्ताको छटपटीमा छन्, सरकारले एसपीपीको चर्चा चलाएकै छैन : ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार ललितपुरको च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा सम्बोधन गर्दै। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन्।

विराटनगरमा सोमबार साँझ पत्रकारको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने पनि जोड दिए।

अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको जबाफ दिए।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए।

प्रकाशित: २७ कार्तिक २०८१ ९:०६ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast