फाइल तस्बिर
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ७ मा लुम्बिनी जाने भएका छन्। लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ।
शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए।
प्रकाशित: ६ मंसिर २०८१ ९:२३ | Thursday, November 21, 2024
प्रतिक्रिया




