पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति आपत्तिजनक : माओवादी

हिमाल प्रेस १२ मंसिर २०८१ १७:३८ | Wednesday, November 27, 2024
पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति आपत्तिजनक : माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ। पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिइएको भन्दै आपत्ती जनाएको हो।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए। वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनको भनाइ छ।

उनले उपनिर्वाचनपछि सरकारविरुद्ध कडा ढंगले खबरदारी गर्ने जानकारी दिए। बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिँदै सापकोटाले पालीका सम्मेलन र खबरदारी सभा सबै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए।

बैठकले निर्वाचन आयोगमा पेस गर्ने विधानलाई अन्तिम रुप दिएको छ। यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो।

प्रकाशित: १२ मंसिर २०८१ १७:३८ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast