पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाल प्रेस २५ कार्तिक २०८१ १६:५५ | Sunday, November 10, 2024
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ- मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।

आइतबार विराटनगरबाट पक्राउ परेका उनलाई काठमाडौँ प्रहरी परिसरको पत्राचार अनुसार मोरङ प्रहरीले विमानमार्फत काठमाडौँ पठाएको थियो। लगत्तै उनलाई अदालत उपस्थित गराइएको थियो।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ। एमाले कोशी प्रदेश संसदीय दलले पनि उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १६:५५ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast