 
                             
                                            काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखि नै आक्रमक कमाई गरिरहेको फिल्मले तीन सातासम्म नेपालभर ३९ करोड ७४ लाख ग्रस कलेक्सन गरेको हो।
फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ ।
विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।
फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो । फिल्मको विदेशमा समेत राम्रो व्यवसाय गरिरहेको छ ।
                            प्रकाशित: ७ मंसिर  २०८१ ६:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 