पाँच हजार श्रद्धालुले गरे देवघाट गण्डकी परिक्रमा [तस्बिरहरू]

हिमाल प्रेस २९ कार्तिक २०८१ २१:१३ | Thursday, November 14, 2024
पाँच हजार श्रद्धालुले गरे देवघाट गण्डकी परिक्रमा [तस्बिरहरू] देवघाटधाम गण्डकी परिक्रमा महोत्सवमा सहभागीहरू। तस्बिर साभार : महेश संन्यास गुरुकुल

देवघाटधाम (तनहुँ)- देवघाटधाम गण्डकी परिक्रमा महोत्सव बिहीबार सम्पन्न भएको छ। तनहुँ, चितवन र नवलपुर गरी तीन जिल्लामा फैलिएको देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति परिक्रमा आयोजना गरिएको कार्यक्रम संयोजक एवम् महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए।

परिक्रमामा तनहुँ देवघाट, चितवन देवघाट र नवलपुर देवघाटका स्थानीय तहका प्रमुख, गण्डकीको परिसरमा सेवा गरिरहेका मठ, मन्दिर, आश्रम, टोल विकास संस्था, सामुदायिक वन, महिला समूह, विद्यालय परिवार सहभागी थिए। महोत्सव नेपाल सन्त समाजको आह्वानमा देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको हो।

पवित्र देवघाटधाम र पवित्र नदी गण्डकीको परिक्रमामा गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरि,नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि, गण्डकी प्रदेश सभासद् हरिबहादुर चुमान, देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा, भरतपुर महानगर प्रमुख रेणु दाहाललगायतको सहभागिता थियो। देवघाट क्षेत्रको २५ किमि धार्मिक मार्गमा पैदल यात्रामार्फत गरिएको परिक्रमामा कम्तीमा पाँच हजार तीर्थयात्रीको उपस्थिति रहेको पौडेलले बताए।

परिक्रमामा देवघाट क्षेत्रका गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश संन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर आश्रम (हरिहर मन्दिर) र अन्य मठमन्दिरका पीठाधीश एवम् आचार्य र बटुकहरू तथा कल्पवासीहरू सहभागी थिए। यसैगरी चितवनतर्फ सीताराम संस्कृत मावि, रामजानकीबालिका आश्रम, रामजानकी गार्गी कन्या गुरुकुल, लक्ष्मीनारायण मन्दिर, यज्ञशाला मन्दिर, राम मन्दिर, राधादामोदर मन्दिरलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् विद्यार्थी उपस्थिति थियो।

समापन समारोहमा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले देवघाटको पौराणिक महत्त्व प्रकाश पार्दै कालीगण्डकी डाइभर्सन हाम्रो सभ्यता, समाज र राष्ट्र विपरीत रहेको बताएका थिए।

प्रकाशित: २९ कार्तिक २०८१ २१:१३ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast