पर्यटन प्रवर्द्धनका लागि बागलुङमा ‘गाजादह सिद्ध बराह’ श्रीमदभागवत ज्ञान महायज्ञ हुँदै

हिमाल प्रेस ७ मंसिर २०८१ १३:५३ | Friday, November 22, 2024
पर्यटन प्रवर्द्धनका लागि बागलुङमा ‘गाजादह सिद्ध बराह’ श्रीमदभागवत ज्ञान महायज्ञ हुँदै

बाग्लुङ – सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको आयोजनामा बागलुङमा गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ-२०८१ हुने भएको छ। यहि मंसिर ८ देखि १५ गतेसम्म बागलुङको जैमिनी नगरपालिका -३ दमेकमा महायज्ञ हुने भएको हो।

बराह भगवानमो मूर्ति स्थापना तथा नीत्य पूजा अर्चना तालको संरक्षण एवंवृहत्तर विकासका लागि प्रमुख वाचक प्रखर युवा पण्डित आचार्य शिवदत्त रेग्मीले प्रवचन हुने आयोजकले जनाएको छ।समुद्र सतहदेखि २ हजार ८ सय ८० मिटर उचाइमा रहेको दमेक रुद्र ताल र सिद्ध बराह मन्दिर रहेको छ। जहाँ कार्तिक शुक्लपक्षको बैकुण्ठचतदर्शीमा भव्य मेला लाग्ने गर्दछ।

यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको स्थानीयको बुझाइ छ। सिद्ध बराहमा रहो तालमा रुख विरुवा जंगल भए पनि ताल वा तालको किनारामा कुनै पात देखिदैन। किनकी चराहरू आएर खसेका पातहरू टिप्ने गर्ने स्थानीयको भनाइ छ।

नगरपालिका -३ उपल्लो दमेकका वडाध्यक्ष कृष्ण भुजेलले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धन गर्न नै महायज्ञ गर्न लागेको जानकारी दिए। ‘प्रचुर मात्रामा पर्यटनको सम्भावना रहे पनि ओझेलमा रहेको यस क्षेत्रलाई प्रवर्द्धन गर्ने र यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्न महायज्ञ गर्न लागेका हौँ”, भुजेलले भने। राज्यको नजरबाट पनि यस क्षेत्र छायाँमा परेको उनले बताए।

महायज्ञबाट करिब १ करोड उठाउने लक्ष्य रहेको उनले बताए। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिने भुजेलले बताए। ‘प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ। गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ’, उनले भने।

प्रकाशित: ७ मंसिर २०८१ १३:५३ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast