परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

हिमाल प्रेस १३ मंसिर २०८१ ७:५२ | Thursday, November 28, 2024
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै फाइल तस्बिर।

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन्। मन्त्री राणाले  १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन्।

भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन्।

प्रकाशित: १३ मंसिर २०८१ ७:५२ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast