पटकपटक रोकिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तर्वार्ता मंसिर ९ मा

हिमाल प्रेस २९ कार्तिक २०८१ ९:४२ | Thursday, November 14, 2024
पटकपटक रोकिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तर्वार्ता मंसिर ९ मा

काठमाडौँ- धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तर्वार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजेको लागि अन्तर्वार्तामा बोलाइएको हो।

यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो। अर्थ मन्त्रालयले विशेष कारणवश अन्तर्वार्ता रोक्नुपरेको जानकारी दिएको थियो।

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो। छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

प्रकाशित: २९ कार्तिक २०८१ ९:४२ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast