नेप्से ५१ अंकले घट्यो, १० अर्ब बढीको कारोबार

हिमाल प्रेस ४ मंसिर २०८१ १५:३७ | Tuesday, November 19, 2024
नेप्से ५१ अंकले घट्यो, १० अर्ब बढीको कारोबार

काठमाडौँ- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको छ। नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ को विन्दुमा पुगेको हो। मंगलबार दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता १० अर्ब ४६ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ।

यसदिन २२४ कम्पनीको मूल्य घटेको छ। २० कम्पनीको मूल्य बढ्दा एकको मूल्य स्थिर छ। मंगलबार सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ। यसको मूल्य १० प्रतिशतले बढेको छ। ङादी ग्रुप पावरको मूल्य ८.९३ प्रतिशतले घटेको छ।

कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ। सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको सूचक ३.१७ प्रतिशतले घटेको छ।

प्रकाशित: ४ मंसिर २०८१ १५:३७ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast