नेपाल वायुसेवा निगमले दियो टिकटमा छुट

हिमाल प्रेस ६ मंसिर २०८१ १७:३३ | Thursday, November 21, 2024
नेपाल वायुसेवा निगमले दियो टिकटमा छुट

काठमाडौँ– नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

उनले भने, ‘दिल्ली, मुम्बई र बेंगलुरू गन्तव्यको भाडादरमा रु. दुई हजार पाँच सयसम्म र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैङ्कक र नारिताका लागि बजार भाडादरमा रु. पाँच हजारसम्म छुट उपलब्ध गराइएको छ।’

अन्तर्राष्ट्रिय उडानमा एयरलाइन्सहरूले भाडावृद्धि गरेको भन्दै सरकारको आलोचना भएको थियो। भाडा विषयमा आलोचना भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुधबार वायुसेवा कम्पनीहरूलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।

प्रकाशित: ६ मंसिर २०८१ १७:३३ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast