नेपालबाट पहिलोपटक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात

हिमाल प्रेस ३० कार्तिक २०८१ १२:५८ | Friday, November 15, 2024
नेपालबाट पहिलोपटक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात

काठमाडौँ- सरकारले पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको छ। आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत् निर्यात गरिएको हो।

भारतका मनोहरलाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट ऊर्जामन्त्री दीपक खड्काले भर्चुअल रूपमा विद्युत् निर्यातको सुरुवात गरेका छन्।

भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जामन्त्री खड्काले जानकारी दिए।

भारतीय ग्रिडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ १२:५८ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast