नेकपा एसले टुंग्यायो नेताहरूको जिम्मेवारी

हिमाल प्रेस ९ मंसिर २०८१ ११:१२ | Sunday, November 24, 2024
नेकपा एसले टुंग्यायो नेताहरूको जिम्मेवारी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन टुंग्याएको छ।

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्युरो सदस्य आलोक रायमाझीले जानकारी दिए।

उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ।

कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले संगठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए।

पार्टी विभागीय प्रमुख तथा जनवर्गीय संगठन, प्रदेश इञ्चार्ज तोकिएको छभने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ।

प्रकाशित: ९ मंसिर २०८१ ११:१२ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast