नीता ढुंगानाले भनिन् : मान्छेले खुट्टा तान्ने कोशिस गरे पनि दर्शकले हात समाइदिनुभयो

हिमाल प्रेस ८ मंसिर २०८१ ७:२८ | Saturday, November 23, 2024
नीता ढुंगानाले भनिन् : मान्छेले खुट्टा तान्ने कोशिस गरे पनि दर्शकले हात समाइदिनुभयो

काठमाडौँ- नीता ढुंगानाको निर्माता र नायिका रहेको ‘ह्रस्व दीर्घ’ अहिले हलमा चलिरहेको छ। फिल्मले ५ करोडभन्दा बढी रहेको निर्माण पक्षको दाबी छ।

उनले सामाजिक सञ्जालमा फेसबुकमा एक पोष्ट गर्दै फिल्म भारतमा ओटीटी प्लेटफर्ममा बिक्री गरिएको र आफू पूर्णरुपमा सुरक्षित रहेको बताएकी हुन् ।

‘नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौँ र केही समय पछाडि भारतमा पनि हामीले थ्रेटर रिलिज गर्नेछौं। ओभरसिसको पनि प्लानिङ भइसकेको छ। केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौँ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ’, उनले लेखेकी छन् ‘पूर्ण रूपले हामी सेभ भइसकेको छौँ ।’

उनले खुट्टा तान्ने धेरै भए पनि दर्शकले हात समाइदिएको बताएकी छन्।

 

प्रकाशित: ८ मंसिर २०८१ ७:२८ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast