नागढुङ्गा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

हिमाल प्रेस २९ कार्तिक २०८१ १४:४५ | Thursday, November 14, 2024
नागढुङ्गा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने फाइल तस्बिर

काठमाडौँ– नागढुङ्गा सडक आजदेखि आउँदो मंसिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ।

यस अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

प्रकाशित: २९ कार्तिक २०८१ १४:४५ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast