 इन्दिरा रानामगर।  फाइल तस्बिर।
                             इन्दिरा रानामगर।  फाइल तस्बिर।
                                            काठमाडौँ- उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिएकी छन्। ‘आर्टबिट’द्वारा ‘रंगीन सपना’ शीर्षकमा आज (बुधबार) देखि काठमाडौँस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख रानाले बालबालिकाहरूले प्रस्तुत गरेको कला सिर्जनाले पनि प्रदूषण रोक्न आह्वान गरिरहेको बताइन्।
यहाँ संस्कृतिलाई झल्काउने पोसाक, प्रकृति र वातावरणलाई कलामा प्रस्तुत गरिएको देख्दा खुसी लागेको उनले उल्लेख गरिन्। ‘सेतो हिमाल र निलो आकास देख्नसक्ने अवस्था नभइरहेका बेला कलामा निलो आकाश, सेतो हिमाल देखाइएको छ। देशका पहाडहरु काला देख्न थालिएको छ, यो कलामा देखिएको सिर्जनशीलता नेपाललाई झल्काउने खालको छ, उहाँहरुले यस्तै प्रस्तुत गर्नुभएको छ,’ उनले भनिन्।
नेपालमा प्रदूषण बढ्दो रहेको उल्लेख गर्दै उनले अनुशासनको कमी भएको पनि बताइन्। उपसभामुख रानाले नयाँ पुस्तालाई प्रदूषणमुक्त वातावरण बनाइदिनुपर्ने र त्यसका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 