नयाँ दिल्लीमा बम विस्फोट

हिमाल प्रेस १३ मंसिर २०८१ १५:३० | Thursday, November 28, 2024
नयाँ दिल्लीमा बम विस्फोट फाइल तस्बिर

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो।

अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेर ४८ मिनेटमा विस्फोट भएको हो।

विस्फोटमा परी मानवीय क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ। घटनास्थल पुगेका प्रहरी र बम निरोधक दस्ताले विस्फोटबारे छानबिन गरिरहेको जनाइएको छ।

दिल्लीको प्रशान्त विहार क्षेत्रमा विस्फोटको यो दोस्रो घटना हो। यसअघि २० अक्टुबरमा प्रशान्त विहार क्षेत्रको सीआरपीएफ स्कुलबाहिर विस्फोट भएको थियो।

प्रकाशित: १३ मंसिर २०८१ १५:३० | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast