काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक सोमबार हुँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।
क्यानका अनुसार सोमबार बिहान ८ः३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।
प्रकाशित: १० मंसिर २०८१ ७:५८ | Monday, November 25, 2024
प्रतिक्रिया




