शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनुषा जाने भएका छन्। पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा आज धनुषा जान लागेका हुन्।
जनकपुरधाम उमहानगरपालिका २५ लोहनामा पार्टीले आयोजना गर्न लागेको नेपाली कांग्रेसका दिवंगत नेता अरविन्द ठाकुरको शालिक अनावरणमा जान लागेका हुन्।
ठाकुर कांग्रेसका नेता हुन्। उनले राजा महेन्द्रमाथि जनकपुरमा बम फ्याकेको आरोपमा पक्राउ परेका थिए। उनलाई जिउँदो सहिदका नामबाट पनि परिचित छन्।
सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
प्रकाशित: १० मंसिर २०८१ ७:५४ | Monday, November 25, 2024
प्रतिक्रिया



