दुर्गा प्रसाईलाई सर्वोच्च लगियो

हिमाल प्रेस १२ मंसिर २०८१ १३:२३ | Wednesday, November 27, 2024
दुर्गा प्रसाईलाई सर्वोच्च लगियो दुर्गा प्रसाई. फाइल तस्बिर।

काठमाडौँ- साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगिएको छ।

उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ। सोहीकारण उनलाई सर्वोच्च लगिएको हो।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो। प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए।

प्रकाशित: १२ मंसिर २०८१ १३:२३ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast