दुबई पठाइदिने बहानामा ठगेको आरोपमा पक्राउ

हिमाल प्रेस २५ कार्तिक २०८१ ६:५१ | Sunday, November 10, 2024
दुबई पठाइदिने बहानामा ठगेको आरोपमा पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङको गंगाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका हुन्।

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीनजना पीडितबाट १९ लाख ७० हजार रुपैयाँ र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

पक्राउपछि अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। रासस

प्रकाशित: २५ कार्तिक २०८१ ६:५१ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast