दलहरूको अकर्मण्यता र सत्ता स्वार्थका कारण ब्रम्हलुट : कमल थापा

हिमाल प्रेस ६ मंसिर २०८१ ६:४८ | Thursday, November 21, 2024
दलहरूको अकर्मण्यता र सत्ता स्वार्थका कारण ब्रम्हलुट : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशमा संरचनागत त्रुटी तथा दलहरूको अकर्मण्यता र सत्ता स्वार्थका कारण लोकतन्त्रको नाममा ब्रम्हलुट मच्चिरहेको आरोप लगाएका छन्। उनले देशमा सीमित दलले सिन्डिकेट खडा गरी ब्रम्हलुट मच्चाएको बताएका छन्।

वृहत शान्ति सम्झौताको १८ वर्ष पुगेको अवसरमा वक्तव्य निकाल्दै थापाले माओवादी मूलधारमा आउनु सकारात्मक भए पनि जघन्य अपराधबाट पीडितलाई न्याय दिने र वेपत्ता पारिएकाको छानबिन गर्ने अझै पूरा हुन नसकेको उनले गुनासो गरेका छन्।

देशमा अन्तर्राष्ट्रिय महाशक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको, योजनाबद्ध र संगठित रूपमा सनातन धर्म संस्कृति–परम्परा माथि आक्रमण भइरहेको र स्वच्छन्दता, अराजकता र अस्थिरता राष्ट्रिय चरित्र भएको आरोप थापाले लगाएका छन्।

प्रकाशित: ६ मंसिर २०८१ ६:४८ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast