त्रिभुवन विमानस्थल, फाइल तस्बिर।
                                            काठमाडौँ- त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा कटौती भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएपछि टिकटमा मूल्य बढ्ने भएको छ।
विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। यही कात्तिक २३ देखि चैत १८ गतेसम्म त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदैछ।
राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द गरिने छ।
                            प्रकाशित: २१ कार्तिक  २०८१ ७:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

