तरकारीको मूल्य : भान्टा ४५, स्कुस २२ (अरू कति?)

हिमाल प्रेस ३ मंसिर २०८१ ८:५९ | Monday, November 18, 2024
तरकारीको मूल्य : भान्टा ४५, स्कुस २२ (अरू कति?) काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य घटेको छ। कुरिलो, च्याउ, गोलभेँडा, काउली, गाँजर लगायतका तरकारी अन्य तरकारीको दाँजोमा महँगो मूल्यमा किनबेच भइरहेको छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा ६५, भारतीय सानो गोलभेँडा ७५, सुकेको भारतीय प्याज ११२, तराईको गाँजर १३५, स्थानीय काउली १११, तराईको काउली ६५, लाम्चो भन्टा ३५, तने बोडी ११५, करेला र परबल ९५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी हरियो फर्सी ४५, भिन्डी ९५, स्कुस १७, रायोको साग ४५, तोरीको साग ५५, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा ७०, भारतीय ठूलो गोलभेँडा ९५, रातो आलु ७७, सेतो आलु ६२, लोकल गाँजर १५५, तराईको गाँजर १२५, तराईको बन्दा ५५, स्थानीय काउली ११०, तराईको काउली ९५, रातो मुला ४५, सेतो मुला २७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी लाम्चो भान्टा ४५, डल्ले भान्टा ५५, तने बोडी १६५, मकै बोडी ६५, करेला ९५, लौका ५५, परबल ७५, घिरौँला ७५, हरियो फर्सी ४५, स्कुस २२, रायोको साग ४५, चमसुरको साग ११०, कन्य च्याउ २२०, डल्ले च्याउ २४५, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो।

प्रकाशित: ३ मंसिर २०८१ ८:५९ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast