‘ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा चिन्नेछन्’

हिमाल प्रेस ३ मंसिर २०८१ १५:४३ | Monday, November 18, 2024
‘ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा चिन्नेछन्’ पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गरेको बताएका छन्।

सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले यस्तो बताएका हुन्। उनले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झिरहने बताए। दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय रहेको बताए।

उनले भने, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झिराख्नेछन्। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा शोकाकुल परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गर्दछु।’ अध्यक्ष दाहालले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताए।

प्रकाशित: ३ मंसिर २०८१ १५:४३ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast