काठमाडौँ- मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ। कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो।
आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित: ३ मंसिर २०८१ ६:४४ | Monday, November 18, 2024
प्रतिक्रिया





