ड्रागन फ्रुट खेतीबाट आम्दानी भएपछि खेती विस्तारको योजनामा किसान

हिमाल प्रेस ९ मंसिर २०८१ १०:४५ | Sunday, November 24, 2024
ड्रागन फ्रुट खेतीबाट आम्दानी भएपछि खेती विस्तारको योजनामा किसान

सिन्धुपाल्चोक- साँगाचोकगढी नगरपालिका-१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन्।

छ रोपनीमा ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन्। बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनले बताए।

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ। जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न आग्रह गरेका छन्। वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि चार लाखसहयोग गरेको छ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०८१ १०:४५ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast