टेलिकमको अवरुद्ध सेवा सञ्चालन

हिमाल प्रेस २ मंसिर २०८१ १३:०६ | Sunday, November 17, 2024
टेलिकमको अवरुद्ध सेवा सञ्चालन

काठमाडौँ- आइतबार बिहान केही समय अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन भएको छ। बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए।

प्रवक्ता ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो। ‘बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो। अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन्। पोस्टपेड र प्रिपेड मोबाइलको फोन गर्दा समस्या देखिएको थियो’, उनले भने।

प्रवक्ता ढकालले के कारणले कति समय मोबाइल सेवा अवरुद्ध भएको थियो भन्नेबारे प्राविधिक प्रतिवेदन आइसकेपछि थप स्पष्ट हुने बताए। बिहान १०ः४५ को समयमा टेलिकमका पोस्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन।

प्रकाशित: २ मंसिर २०८१ १३:०६ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast