टी-२० अलराउन्डरको शीर्षमा हार्दिक पान्ड्या, दीपेन्द्रसिंह ऐरी दोस्रोमा यथावत

हिमाल प्रेस ६ मंसिर २०८१ ८:३९ | Thursday, November 21, 2024
टी-२० अलराउन्डरको शीर्षमा हार्दिक पान्ड्या, दीपेन्द्रसिंह ऐरी दोस्रोमा यथावत

काठमाडौँ- भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी-२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन्।

यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए। यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन्। यस्तै इंग्ल्यान्डका लायम लिभिङ्गस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन्।

यस्तै टी-२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष र इंग्ल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् छन्। यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।

यस्तै टी-२० बलिङ वरीयतामा इंग्ल्यान्डका अदिल रशिद शीर्ष र श्रीलंकाका वानिन्दु हसरांगा दोस्रो स्थानमा यथावत् छन्। यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।

प्रकाशित: ६ मंसिर २०८१ ८:३९ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast