ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सबाट शिखर धवन एनपीएल खेल्ने

हिमाल प्रेस २९ कार्तिक २०८१ ८:०१ | Thursday, November 14, 2024
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सबाट शिखर धवन एनपीएल खेल्ने भारतीय क्रिकेट टिमका पूर्व सदस्य शिखर धवन (एनपीएल) साथमा विराट कोहली (दायाँ)।

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो।

कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको हो। सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्।

सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डा। सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।

३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् । उनले आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किङ्ग्सबाट खेलेका छन्। कर्णालीको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन् भने मार्की खेलाडीमा सोमपाल कामी आबद्ध छन्।

प्रकाशित: २९ कार्तिक २०८१ ८:०१ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast