जितपछि लालिगाको दोस्रो स्थामा रियाल, बार्सिलोनासँग घट्यो दूरी

हिमाल प्रेस १० मंसिर २०८१ ९:३७ | Monday, November 25, 2024
जितपछि लालिगाको दोस्रो स्थामा रियाल, बार्सिलोनासँग घट्यो दूरी

काठमाडौँ- स्पेनिस ला लिगामा रियाल रियाल मड्रिड दोस्रो स्थानमा उक्लेको छ। गए राति
मड्रिडले लेगानेसलाई ३-० ले हराउँदा दोस्रोमा उक्लिएको हो। लेगानेसविरुद्ध केलियन एम्बाप्पे, फेडेरिको भाल्भर्डे र जुड वेलिंघमले गरे।

एक गोल पहिलो हाफमा भएको थियो। दोस्रो हाफमा दुई गोल भएका हुन्। भिनिसियस जुनियरको पासमा एम्बाप्पेले ४३औं मिनेटमा रियाललाई अग्रता दिलाएका हुन्।

रियालको १३ खेलबाट उसको ३० अंक छ। १४ खेल खेलेको बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रह्यो। १४ खेलबाटै लेगानेस १४औं स्थानमा रहेको छ।

प्रकाशित: १० मंसिर २०८१ ९:३७ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast