जनकपुरबाट स्रोत नखुलेको १९ लाख नगदसहित तीनजना नियन्त्रणमा

हिमाल प्रेस ३० कार्तिक २०८१ १०:५६ | Friday, November 15, 2024
जनकपुरबाट स्रोत नखुलेको १९ लाख नगदसहित तीनजना नियन्त्रणमा

काठमाडौँ- प्रहरीले जनकपुरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले जनकपुरधाम-१२ कुवारामपुरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी थाना हर्लाखी ग्रामपञ्चायत हर्लाखी-८ का २६ वर्षीय विष्णुदेव यादव, जनकपुरधाम-४ का रमेश भन्ने २८ वर्षीय रञ्जीतकुमार यादव र धनुषा धनौजी गाउँपालिका-७ का २० वर्षीय रवि पासवान रहेको प्रहरीले जमाएको छ।

ज १२ प ६४३ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई शंकालागि चेकजाँच गर्दा चालक विष्णुदेवको शरीरका विभिन्न भागमा लुकाएर राखेको अवस्थामा उक्त नगद बरामद भएको प्रहरीले जनाएको छ।

रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरूणकुमार सिंहले जानकारी दिए। नियन्त्रणमा रहेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ३० कार्तिक २०८१ १०:५६ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast